वहु आयामिक प्रतिभाका महारथी रमेश विकल
—पृथ्वीमान सिंह वस्न्यात
नेपाली साहित्य जगतका चम्किला ध्रुवतारा रमेश विकल मेरा पिता सरहकै उमेरको भएतापनि म रमेशदाइ ! भनेर नै सम्वोधन गर्ने गर्दथें । रमेशदाइ र मेरा पिता ( भीममान सिंह वस्न्यात ) वीच अति घनिष्ट मित्रता थियो । क्रुर निरंकुश राणा शासनकालमा मेरो पीता जन्मे हुर्केको थलो डिल्लिबजारकोघर (जाहाँ अहिले कन्या क्याम्पस भएको स्थान हाल भत्की सकेको पुरानो दरवार ) सर्वस्व हरण भए पछि मेरो पिताजी आरुवारीमा वसाई सर्नु भएको हो । त्यसै वखत देखि नै वहांहरुको सुमधुर सम्वन्ध कायम रहेको पाइन्छ । यो विगतका संझना रमेश दाइले वेलाबखत चर्चा गर्ने गरेको सुनेको छु । आपूm केटकेटी हुँदा देखि नै चिने जानेको रमेशदाइ ! सामान्यतया अरु गाउलेहरु भन्दा फरक पहिचान र फरक पहिरनमा देखिने सफा कमिज पतलुनमा सुसज्जित हातमा वाँसुरी र वाटो हिड्दा पनि किताव पढ्दै हिड्ने आकर्षक व्यक्तित्व भएको वयष्क रमेशदाइ ! अतीतका ती झल्को अझै मेरो मानसपलटमा ताजा भैm लाग्ने गर्दछ ।
संपूर्ण यूवाहरुका प्रेरणका श्रोत रमेशदाइको देहावसान पश्चात रमेश विलक साहित्य प्रतिष्ठानवाट वंहाको स्मृति ग्रन्थका रुपमा प्रथम स्मारीका प्रकाशित हुन लागेको रहेछ । वहा मेरो प्रेरणाको आदर्श व्यक्ति हुनु हुन्छ र वहाँसंग मेरो लामो सर संगत रहेर पनि वहाँको वारेमा दुइचार अक्षर लेख्ने वारे मैले जानाकारी पाउन सकेकको थिइन । तर संयोग नै मान्नु पर्दछ अन्त्यमा मलाइ एक भाइले अनायासै ग्राम निमाण वन्धु मण्डल क्लबको तर्फवाट रमेश दाइको योगदानवारे केही लेखी दिनु पर्यो भन्ने अनुरोध गरे पछि मैले हतार हतारमा वहाँवाट भए गरेका सामाजिक उत्थान र विकास निर्माण वारे जनचेतना अभिवृद्धि गरि शिक्षा स्वास्थ्य साहित्य कला संस्कृति एवं भौतिक पूवाधार विकासमा गर्नु भएको योगदान वारे दुईचार शव्द अभिव्यक्त गर्ने अवसर प्राप्त भयो । मैले मेरो त्यो अभिव्यक्ति आफनो नाममा नभएर अन्य व्यक्तिको नाममा प्रकाशित भएको रहेछ । तथापी मेरो भावनालाई त्यस कृतिमा समाहित गर्ने संयोग मिलेकोमा आफुलाइ धन्य नै संझेको छु । यसै सन्र्दभमा रमेश दाइको वारेमा पून दोश्रो स्मारिका प्रकाशित हुदैछ भन्ने चर्चा जानकारीमा आएको हुँदा रमेश दाइ प्रति केही सदभाव व्यक्त गर्ने जमर्काे गर्देछु । वारम्वार वहाँको वारेमा मैले जेजति लेखे पनि त्यो अधुरो र अपुरो नै हुने छ ।
विशेषत रमेशदाइको जन्म आरुवारीमा भए पनि आधिकांश समय चावहिलमा विताउने गर्नु हुन्थ्यो । त्यस वेला खासगरि चावहिलमा शिक्षित युवावर्गको जमात जमघटहुने भएकोले समसामयिक राजनीति र साहित्यिक चर्चा चल्ने थलोको साथै सांगीतिक जमघट समेत हुने भएकोले रमेशदाइका लागि चावहिल उर्वर स्थलका रुपमा मान्न सकिन्छ । त्यस वखतको चावहिल एक अखडा नै भएको कुरा मैले स्वयम् वहा र अन्य अग्रजहरुवाट सुनेको हुँ । विगतमा कुनै भौतिक विकास नभएको आरुवारी एक पिछडिएको गाँउ नै थियो । अधिकांस गाँउवासीको जीविकोपार्जनको आधार खेतीपाती नै थियो । पढे लेखेको शिक्षित व्यक्ति विरलै हुन्थे । अतः शिक्षा विना समाजको जीवनस्तर सुधार हुन संभव हुदैन भन्ने यथार्थलाइ साकार पार्ने परिकल्पना गर्ने रमेश दाइको वैचारिक मेल खाने दौतरी आरुवारीमा कमै हुने गर्दथे । शिक्षित एवं जागरुक युवाका रुपमा भारतको इलावादवाट भरखर भरखर शिक्षा हासिल गरि फर्केका श्री शारदा विक्रम वस्न्यात र पकनाजोलवाट वसाइ सरी आएका पदमवहादुर रायमाझीसंग भने वैचारिक मेल खाने भएकाले वहाहरु वीच धनिष्टता रहेको पाइन्छ । संयोगनै मान्नु पर्छ यी अलग अलग व्यक्तित्व भएका त्रिमूर्ति संगित एवं वाद्यवादनको सौखिन कलाकार पनि भएकोले वेला वखत घण्टौ घण्टौसम्म सांंगीतिक माहोलमा दिन विताउने गरेको सुनिन्थ्यो । रमेशदाइ संधै जसो राती अवेर जसो घर फर्कने गर्नु हुन्थ्यो । सुनसान वाटो निस्तव्ध अन्धकार रात आफनो वाँसुरीको धुन संगै घर आउने वहाँको दिनचर्या नै थियो । त्यस वांसुरीको सुमधुर धुन सुनेर छर छिमेक र वाटो वरपर घर भएका मानिसले सहजै रमेशदाइ घर फर्केको अनुमान लगाउने गर्दथे । यदाकदा घरमा वस्नु भएका वखत फुर्सदमा वेलुकी पख खुल्ला चौर अनि वटवृक्ष भएको शान्त स्थलमा एक्लै बसेर कहिले वासुरी फुक्ने र कहिले भ्वाइलेनका मधुर धुन निकालेर आनन्द लिने गर्नु हुन्थ्यो । यहि संगीतको धुन सुनेर आर्कषित हुदै म केटाकेटीदेखि नै नजिक गएर आश्चर्य मान्दै रमाइलो अनुभव गर्दथे । घरगाउँ छरछिमेकका सवै उमेर समूहका मानिसहरुले वहाँलाइ श्रद्धा प्रेम र सम्मान प्रकट गर्दथे । त्यसै गरी रमेशदाइ पनि सवै वर्ग समुदाय र सवै उमेरका मानिसहरु संग सहजै घुलमिल हुने मिलनसार व्यक्ति हुनु हुन्थ्यो ।
समयको गति संगै जव म किशोर अवस्थामा प्रवेश हँुदै जान लागे तव वहावाट अझ वढी प्रभावित हुदै जान थाले र वहाका अनेकन गतिविधि वारे चासो पनि वढ्दै जानलाग्यो । वहुआयामिक प्रतिभाका धनी रमेशदाइ सुविख्यात आख्यानकारका रुपमा प्रशिद्धी कमाउने व्यक्ति मात्र नभइ चित्रकला मूर्तिकला आदि जस्ता कला क्षेत्रमा पनि गहिरो रुचि पाइन्थ्यो । वहाँले मेरो पिताजीको अति आकर्षक छविचित्र आफनो हातले कोरेर मलाइ सदा संझना स्वरुप उपहार दिनु भएकोछ । साहित्य संगीत र कलाको त्रिवेणी संगममा डुुवुल्की मारेर आनन्द लिने र आफना दोश्रा पुस्तालाइ पनि त्यसै प्रवाहमा प्रवाहित गराउदै लैजाने वहाँकको उत्कट इच्छा रहेको मान्न सकिन्छ । निरङ्कुश राणा शासनको अन्त्य पछि २००७ साल देखि शिक्षाको ज्योति जगाउन विद्यालयहरु स्थापनामा अग्रसर हुनु लगायत ग्रामीण क्षेत्रको चौतर्फी विकासका लागि २०२७ मा ग्रमनिर्माण वन्धु मण्डल ल्कबको स्थापनामा अग्रणि भूमिका निर्वाह गनुए भएको थियो । जसको उद्देश्य शिक्षा एवं स्वास्थ्य खेलकुद कृषि र संगीत आदि क्षेत्रको विकास गर्न थियो । यस अनुरुप वहाँको कार्यकलमा यहि क्लबव्दारा पटक पटक आयोजना गरेको राष्ट्रिय स्तरको वृहत् कवी गोष्ठी एवं कविता प्रतियोगिताले ठूलो चर्चा र प्रशंसा पाएको थियो । यसै गरी सामाजिक धार्मिक तथा ऐतिहासिक नाटकहरु वहाको लेखन र निर्देशनमा मन्चन भएका थिए । यसले ठूलो लोकप्रीयता प्राप्त गरेको थियो । यस वारेमा मैलै प्रथम स्मृति ग्रन्थमा पनि उल्लेख गरिसकेको छु ।
मेरा अग्रज प्रेरणका श्रोत एवं अभिभावकका रुपमा आदर गर्नै रमेश दाइसँग अनायास हाम्रो दाजुभाइ अर्थात साथीभाइका रुपमा समेत वहासँग सहकार्य गर्ने अवसर पाउदा म वहा प्रति सादाका लागि ऋण्ीा छु ।
जीवनलाइ सक्रिय सशक्त सहज अनि आनन्दपूर्वक जीउनु पर्छ भन्ने वहाको मान्यता थियो । उच्चतम जीवन यापनाका लागि मनोरन्जन पनि अति आवश्यक पर्दछ र यसले मस्तिष्कलाइ ताजा उर्जा प्रदान गर्दछ भन्ने विश्वास राख्ने रमेशदाइ युवा समुह वीच निकै रसिक रुपमा पनि उत्रने गर्नु हुन्थ्यो । यसै सन्दर्भमा वहाँको छनौटमा मैले वहासँग असंख्य हिन्दी सिनेमा हेरेको छु । प्रत्येक महिना पन्ध्र दिनमा शुक्रवार पारेर सिनेमा हेर्ने गरिन्थ्यो । वहाँ जनक शिक्षा साम्रगि केन्द सानाठिमीमा र म नेपाल राष्ट्र बैक थापाथलीमा कार्यरत जागिरे, शुक्रवारका दिन मेरो डेढ बजे छुट्टी हुने हँुदा सिनेमा हेर्न अनुकुल मिल्ने गर्दथ्यो । त्यस वखत यातायातको कुने सुविधा नभएको कारण सिनेमा छुटे पछि घर फर्कदा पैदल नै हिड्नु पर्ने वाध्यता थियो । वाटाभरी अनेकन विषयमा गफ गर्दै घर फर्कने गर्दथ्यौ । वहाँ अति फटाफट हिड्ने गर्नु हुन्थ्यो । मलाइ आश्चर्य लाग्छ । रमेशदाइ जतिसुकै पाको उमेरमा पनि सधै जोश जागर भरिएको युवा नै रहनु भयो । कहिल्यै थाकेको आभाष पाइएन । वहाँले आफनो भौतिक शरिर छाड्नु केही महिना अघि सम्म पनि गाँउको पूर्वाधार विकासका लागि विभिन्न योजना लिएर अनेकन मन्त्रालय र सरकारी विभागहरुमा धाउने कार्य युवाहरु साथ लिएर सक्रिय भूमिका निभाउनु भयो । वहाँको नतृत्वमा धेरै योजनाहरु सम्पन्न गर्ने सफलता प्राप्त भएका उदाहरणहरु छन् । अनेकन आरोह अवरोह पार गर्दे सार्थक र सक्रिय जीवन विताएर समाजलाइ यथेष्ठ मार्ग प्रर्दशन गर्ने सफल रमेशदाइ चीरकाल सम्म प्रेरणकारुपमा समाजका सवै सदस्यको मन मस्तिष्कमा सदा सदा रहिरहनु हुनेछ । अस्तु