• हाम्राे बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode To Nepali Unicode
Thursday, November 13, 2025

रमेश विकल साहित्य प्रतिष्ठान

  • HOME
  • EVENTS & NOTICES
  • NEWS & PRESS
  • BLOGS
  • PHOTO
  • VIDEO
  • DOWNLOADS
  • Bidhan
  • Brochure
  • CONTACT
No Result
View All Result
  • HOME
  • EVENTS & NOTICES
  • NEWS & PRESS
  • BLOGS
  • PHOTO
  • VIDEO
  • DOWNLOADS
  • Bidhan
  • Brochure
  • CONTACT
No Result
View All Result
Ramesh Bikal Sahitya Pratisthan
No Result
View All Result

विकलको ९५ औँ जन्मजयन्तीमा योगदानको चर्चा

Alok Chalise by Alok Chalise
November 17, 2023
in NEWSPRESS
0

विकलको ९५ औँ जन्मजयन्तीमा योगदानको चर्चा

गोरखापत्र बाट सभार !

काठमाडौँ, कात्तिक २८ गते । साहित्यकार रमेश विकलको ९५ औँ जन्मजयन्तीका अवसरमा कलाकारिता क्षेत्रमा उहाँले गर्नुभएको योगदानका बारेमा चर्चा गरिएको छ ।

रमेश विकल साहित्य प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद सन्तोष चालिसेले आफ्नो क्षमताले भ्याएसम्म साहित्य र कलाको क्षेत्रमा सक्दो योगदान गर्ने प्रतिबद्धता जनाउनुभयो । विकलको योगदान नेपाली साहित्य र कला क्षेत्रमा महत्वपूर्ण रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख दीपककुमार रिसाल, प्रतिष्ठानका उपाध्यक्ष तथा कलाकार कान्छाकुमार (केके) कर्माचार्य, कलाकार मुकेश मल्ल तथा प्राज्ञ हेमराज पौडेल, विराट साहित्य सङ्गमका अध्यक्ष रामबाबु दाहाल, प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे, उपाध्यक्ष हेमराज पौडेल, महासचिव विजय चालिसेलगायत साहित्यकारले विकल साहित्यकारका साथै सफल कलाकारका रुपमा परिचय बनाउन सफल रहेको बताउनुभयो । कार्यक्रमको सञ्चालन आलोक चालिसेले गरेका थिए।

कार्यक्रममा कविहरू ओमप्रसाद कोइराला तथा मुकुन्द आचार्यले कविता वाचन गर्नुभएको थियो । सामाजिक यथार्थवादी आख्यानकार विकलको जन्म वि.सं १९८५ कात्तिक २९ गते भाइटीकाका दिन भएको थियो । वि.सं २००६ मा शारदा मासिकमा गरिब कथा प्रकाशनपछि उहाँ नेपाली आख्यान क्षेत्रमा प्रवेश गर्नुभएको हो । साहित्यकार विकलले ‘नयाँ सडकको गीत’ कथा सङ्ग्रहका लागि २०१९ सालको मदन पुरस्कार प्राप्त गर्नुभएको थियो ।

साहित्यकार विकलले आफ्नो जीवनकालमै प्रतिष्ठानको स्थापना गर्नुभएको हो । छोराहरु विजय चालिसे र महेन्द्र चालिसेको प्रस्तावमा पाँच आना जग्गामा बनेको पुरख्र्यौली घर प्रतिष्ठानका लागि दान दिइएको छ । वि.सं २०६५ पुस २ गते विकलको निधन भएको थियो ।

कार्यक्रममा  “नेपाल वाङ्मय फाउन्डेसन” का तर्फबाट फाउन्डेसनका आजीवन सदस्यहरू अनुराग शर्मा, निहारिका अधिकारी, विकल्प ढकाल र शिवश्री अर्यालबाट ४५१ थान पत्रिका र पुस्तकहरू प्रतिष्ठानलाई हस्तान्तरण पनि गरिएको थियो ।

Previous Post

What Is Par Value in Accounting for Stocks and Bonds?

Next Post

Обзор Coinlist: Как Работает Сервис Раннего Финансирования 2025

Alok Chalise

Alok Chalise

Next Post

Обзор Coinlist: Как Работает Сервис Раннего Финансирования 2025

खाेज

No Result
View All Result

हालै प्रकाशित

  • Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.832 (2)
  • – Официальный сайт онлайн казино Pokerdom.6354
  • казино онлайн 2025 играйте с уверенностью и безопасностью.1872 (2)
  • Dimetilamilamina DMAA: Efectos Antes y Después de Su Consumo
  • Understanding the Effects of Azab 500 for Sale in Spain
Facebook Twitter

RAMESH BIKAL SAHITYA PRATISTHAN

RAMESH BIKAL SAHITYA PRATISTHAN
Gokarneswor Municipility- 9
Ramesh Vikial Marga, Arubari
Kathmandu, Nepal.

Facebook Page

Twitter

Tweets by chalise_vijaya

CONTACT INFO

Ramesh Vikal Sahitya Pratisthan
Gokarneswor Municipility- 9
Ramesh Vikial Marga, Arubari
Kathmandu, Nepal.
Phone: 01-4432703/01-4471121
Mobile: 9841475467
Email:rameshbikal@gmail.com
Web: www.rameshbikal.org.np

 

USEFUL LINKS

प्रज्ञा प्रतिष्ठान

विजय चालिसे

शिक्षा तथा स्वास्थ्य मन्त्रालय

© Ramesh Bikal Sahitya Pratisthan. All Rights Reserved | Supported By: Kangaroo Inc.

No Result
View All Result
  • HOME
  • EVENTS & NOTICES
  • NEWS & PRESS
  • BLOGS
  • PHOTO
  • VIDEO
  • DOWNLOADS
  • Bidhan
  • Brochure
  • CONTACT

© Ramesh Bikal Sahitya Pratisthan. All Rights Reserved | Supported By: Kangaroo Inc.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In