About-Us

Slide One

Official site

Ramesh Bikal Literary Foundation

Slide One
Slide One - copy

Official site

Ramesh Bikal Literary Foundation

Slide One - copy
Slide One - copy - copy

Official site

Ramesh Bikal Literary Foundation

Slide One - copy - copy
previous arrow
next arrow

रमेश विकल साहित्य प्रतिष्ठान

यशश्वी आख्यानकार रमेश विकलकाका कृतिहरूको प्रकाशन, विकलका नाउँमा पुरस्कार तथा छात्रवृत्तिहरूको स्थापना, उहाँका व्यीक्तत्वका विविध पक्ष र कृतिहरूमाथि शोध–अनुसन्धान गर्ने गराउनुका साथै रमेश विकलले आफ्नो जीवन कालमा प्रयोग गर्नु भएका बस्तुहरूको सङ्ग्रहगर्ने जस्ता उदेश्यले रमेश विकल साहित्य प्रतिष्ठान स्थापना गरिएको हो ।
प्रतिष्ठानले यस वर्ष मञ्जरी पब्लिकेशनसंग मिलेर रमेश विकलका ५ वटा बालकथाका कृतिहरू प्रकाशित गरेको छ भने अरू कृतिहरू प्रकाशन गर्नका लागि दुइवटा प्रकाशनसँग सम्झौता स्म्पन्न भएको द्ध । त्यसैगरी रमेश विकलका छरिएर रहेका हास्यब्यङ्ग्य लेखहरू संकलन गरी सम्पादन गर्ने कार्य पनि सुरु गरिएको छ ।

प्रतिष्ठान स्थापना गर्नका लागि रमेश विकलले प्रदान गर्नु भएको उहाँको घर भूकम्पबाट तहसनहस भएकोले प्रतिष्ठान परिवार र विकलका शुभचिन्तकहरूका अथक परिश्रम र सहयोगमा निर्माण सम्पन्न भई सकेको छ ।

रमेश विकलको तिथि अनुसार जन्मदिनको अवसरमा २०७५ कार्तिक २२ गते ९१ औं जन्मजयन्तीको अवसरमा विकल चोक आरुबारीमा रमेश विकलको सालिकमा माल्यार्पण गरी जन्मजयन्ती मनाइयो । प्रतिष्ठानका अलावा विभिन्न साहित्यिक संस्थाहरुले उहाँको जन्मजयन्तीको अवसरमा विविध कार्यक्रम गर्दै आइरहेका छन् ।

रमेश विकलको ९१ औं जन्मजयन्तीको अबसरमा अभिनव साहित्य समाजले स्थापना गरेको अभिनव रमेश विकल वाल साहित्य पुरस्कार पनि रमेश विकलको प्रतिमास्थलमा प्रदान गरियो । पुरस्कार छनौटका लागि ०७५ असोज ५ गते अभिनव साहित्य समाजले टाईम लाईन मा बि को संयोजनमा राष्ट्रव्यापी स्थलगत कविता लेखन तथा वाचन कार्यक्रम आयोजना गरिएको थियो ।
उक्त कविता लेखन तथा वाचन कार्यक्रममा ३० विद्यालयका ५० जना छात्र छात्राको सहभागिता थियो जसमा रिपुमर्दिनी विद्यालयकी छात्रा पुष्पा गुरुङ्ग प्रथम, पिस नेपाल एकेडेमीकी छात्रा डोमा तामाङ्ग द्वितीय र अरुणिमा मा बि का शिशिर धिमिरे तृतीय भएका थिए ।
यसरी प्रदान गरिएको यो अभिनव रमेश विकल वाल साहित्य पुरस्कार १३ औं पटकको पुरस्कार हो ।

त्यसैगरी रमेश विकल साहित्य प्रतिष्ठानले प्रत्येक बर्ष प्रदान गर्ने रमेश विकल वाङ्मय पुरस्कार, रमेश विकल सुशीला समाज सेवा पुरस्कार, रमेश विकल सृजना पुरस्कार, रमेश विकल वाल साहित्य पुरस्कार, रमेश विकल सुशीला नारी सङ्धर्षशील सेवा पुरस्कार र रमेश विकल सङ्गीत पुरस्कार यस वर्ष प्रदान गर्नका लागि पुरस्कार छनौटका लागि प्रतिष्ठानका सदस्य श्री मात्रिका पोखरेलको संयोजकत्वमा साहित्यकार द्वय प्रह्लाद पोख्रेल र सीता भट्टराई सदस्य रहनु भएको तीन सदस्यीय कमिटी गठन गरिएको थियो । उहाँहरूको सिफारिशलाई प्रतिष्ठानले अनुमोदन गरेर निम्न व्यक्तिहरूलाई यस वर्षको पुरस्कार दिने निर्णय भएको छ ।
१. रमेश विकल वाङ्मय पुरस्कार – डा. राजेन्द्र विमल
२. रमेश विकल सुशीला समाज सेवा पुरस्कार – पे्रमसागर कर्माचार्य
३. रमेश विकल सृजना पुरस्कार – पुरुषोत्तम सुबेदी
४. रमेश विकल वालसाहित्य पुरस्कार – सुशीला प्रधानाङ्ग
५. रमेश विकल सुशीला सङ्धर्षशील नारी सेवा पुरस्कार –लक्ष्मी शर्मा
६. रमेश विकल सङ्गीत पुरस्कार – अच्युत राम भण्डारी
यसैगरी असहाय पुनस्र्थापना समाजे (अपुस) ले समाजका सल्लाहकार रमेश विकलको सम्मानमा स्थापना गरेको रमेश विकल– अपुस छात्रवृत्ति यस वर्ष विन्धवासिनी मा वि चण्डेनी मण्डन माझीगाउँ काभे्रकी छात्रा सुश्री रोसिला माझीलाई दिने निर्णय गरिएको छ ।
यसै बर्ष रमेश विकल चोक स्थित विकलको सालिक रहेको प्राङ्गणको मर्मत तथा रमेश विकल विश्राम चौतारी निर्माण गरियो । यसकालागि श्री संतोश चालिसेले आर्थिक सहयोग गर्नु भएको थियो ।

 

Login to your account below

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.