दीपावली
ओमप्रसाद कोइराला
रमाइलो चाड घुमेर फन्फनी
जताततै सुन्दर हुन्छ हुन्छ नि
अपार शोभा छ समस्त देशमा
नयाँ–नयाँ रङ्ग र रूप भेषमा । ।।१।।
सजाउँछन् गाउँ कुना–कुना घुमी
बनाउँछन् रूप सधै त्यतै घुमी
लाएर नाना झल मल्ल झल्कन
रुचाउँछन् मानिस शुद्ध त्यो मन ।।२।।
दया गरी मानवका सबै घर
सधैं भरी गर्न सकेर आदर
प्रभावले भाव भरेर पूर्णता
सुमङ्गलै मङ्गल भो जतातता ।।३।।
सयौं थरी फूल फुलेर वेसरी
हरा–भरा वाग भयो यसै गरी
पारी सबैको मन हर्ष गद्गद्
कुर्दैन मान्छे यस भित्र फुर्सद ।।४।।
रमाउँदै दीप जलाउँदै गयौं
सुशान्त शोभा दिलले अझै छर्यौं
उमङ्गले गर्न सकी सबै गर्यौ
अनाथ कै नाथ बनी उतै बढ्यौं ।।५।।
अनेक मान्छे कति के छ कामना
सहेर भोगेर गरिन्छ सामना
उमङ्ग उत्साह भयो भरी–भरी
बल्यो उज्यालो घरमा दिपावली ।
मिली–जुली देश धपक्क पार्नु छ
अन्यायलाई छरपस्ट पार्नुछ
खुशी टिपी मानव गर्छ खल्वली
भनाउदै सुन्दर यो दिपावली ।।६।।