(यसमा भवन निर्माण कोष र उक्त कोषमा जम्मा गरिएको रकम प्रभात लामा, गोपाल दैगाल र विजय चालिसेद्वारा दिइएको नगद सहयोग उल्लेख भएको देखिएन । त्यो मिलाएर राख्नु पर्ला )
ऐतिहासिक पृष्ठभूमिः—
नेपाली साहित्यका वरिष्ठ आख्यानकार रमेश विकलले आप्mनो जीवनकाल व्यतित गर्नु भएको भवन र जग्गा आफनो जीवनकालमा नै आपूmले स्थापनका गर्नु भएको रमेश विकल साहित्य प्रतिष्ठानलाई सर्मपण गर्ने र आफ्ना प्रकाशित कृतिहरूबाट प्राप्तहुने लेखकस्व प्रतिष्ठान संचालनका लागि प्रदान गर्ने इच्छापत्र वमोजिम वहाँका परिवारजनबाट तत्कालीन जोरपाटी गा.वि.स ९ हाल गोकर्णेश्वर न.पा. ९ स्थित कि.नं ४९ को तत्कालीन मूल्याङकन अनुसार रु २७ लाख ७४हजार १८ को ५ आना जग्गा र त्यसमा वनेको तत्कालीन मूल्याङ्कन अनुसार रु. ११ लाख ८६ हजार २२५ पर्ने घर मिति. ०६७।८।१६ मा परिवार जनवाट प्रतिष्ठानलाई हस्तान्तरण गर्ने कार्य विधिवत सम्पन्न भयो ।
भवन निर्माणका लागि विकलको आफ्नै आर्जनमा आफ्नै वन पाखाको काठ, घरजग्गामैं अवाल राखी तयार गरिएको पाको इँटाद्वारा भएको थियो । माटोको जोडाइम निर्मित घरको भित्री गारो भने काँचो इँटा प्रयोग गरी बनाइएको थियो । घरका भित्री भित्ताहरूमा लिउन लगाइएको थियो । भवनका चोटा फल्याकमाथि माटो छापेर बनाइएको थियो । सबै काठ अग्राखको प्रयोग गरिएका थिए । भवन उत्तर पूर्व वाँके भएको २ तले थियो भने ढलान गरिएको छानाको पश्चिम तर्फ तेस्रो तलाको उत्तरी छेउमा टायलको छानोको माझमा गजुरयुक्त पूजा कोठा बनाइएको थियो ।
सो भवनलाई विकलका प्रयोगका बस्तुहरूको सङ्ग्रह गरी विकलस्मृति सङ्ग्रहलायका साथै विकलसम्बन्धी समग्र शोध–अध्ययन केन्द्रको रूपष्मा विकास गर्ने प्रतिष्ठानको लक्ष थियो ।
विकल दाइको स्वास्थ्यको कारणले गर्दा समयसमयमा चिकित्सक कहाँ जानु पर्ने त्यस समयमा पुरानो भवनसम्म गाडी पुग्ने वाटो उपलव्ध थिएन । जसले गर्दा अप्ठेरो परेको थियो भने विभिन्न कार्यक्रममा जान पनि कठिन हुन थाल्यो । यसै कठिनाइलाई मनन गरी कान्छा सुपुत्र महेन्द्रले पुरानो घरको नगिच मोटर सुविधा भएको स्थानमा घर निर्माण गरेका थिए । आपूmले निर्माण गरेको भवनमा नै अन्तिम समयसम्म रहने आकाङ्क्षा भए पनि विकल दाइ मोटर तथा अन्य सुविधा सम्पन्न नयाँ घरमा वस्न थाल्नुु भयो । यसरी पुरानो भवन खाली हुँदा मुसाको र चराको रजाइ भवनमा हुन गयो भने भवन निकै थोत्रिन पुग्यो ।
विकल दाइले छाड्नु भएपछि भवन मर्मत संभार गर्न स्थानीय निकायमा अनुरोध गर्दा भवनको स्वामित्व वाधक भयो । भवनको स्वामित्व हस्तान्तरण गरी प्रतिष्ठानमा लिन पनि दुवै तर्फवाट लाखौ रकम शुल्क वुझाउनु पर्ने भयो यसको लागि आर्थिक अवस्थाले प्रतिष्ठान सक्षम थिएन भने सम्पत्ति पनि दिनु थप शुल्क पनि वुझाउनु दिने पक्षलाइ पनि यो न्यायोचित कुरा थिएन । यसैले लाग्ने शुल्क रकम मिन्हाको लागि पत्राचार हुँदा सोको लागि मन्त्री परिषदवाट निर्णय हुन पर्ने व्यवस्था रहेको ज्ञात हुन आयो । अस्थिर राजनीतिका कारणले कार्य हुँदाहुँदै २।३ वर्ष वित्यो भवन भने झन झन थोत्रिन पुग्यो । मन्त्री परिषदको निर्णयले लाग्ने शुल्क मिन्हा भयो । सो पछि आ.व. ०६७।०६८ स्वामित्व हस्तान्तरण कार्य सम्पन्न हुन सक्यो ।
मर्मत कार्य सुरु
भवन जग्गा त प्रतिष्ठानको स्वामित्वमा आयो अव भवन कसरी निर्माण गर्ने भन्ने विषयमा प्रतिष्ठान भित्र वहसको विषय वन्यो । नयाँ भवन वनाउन करोडौं रकम लाग्ने तर सोको लागि प्रतिष्ठान सक्षम थिएन । अतः स्रष्टाले निर्माण गर्नु भै हस्तान्तरण हुन आएको मौजुदा भवनलाई आवश्यक मर्मत संभार गरी गराई जोगाई राख्न सके सच्चा श्रद्धान्जली हुने ठहर प्रतिष्ठानले गर्यो । यसै भवनमा विकल संवन्धी संपूर्ण वस्तुहरु पुस्तकहरू जे जति हुन्छ संग्रह गरी संग्राहालय निर्माण गर्ने निर्णय गरियो । सोही अनुरुप मर्मत संभारका लागि आवश्यक कार्यको थालनी भयो ।
मर्मत कार्य १
हाम्रो सरकारी नियम अनुसार कुनै पनि कार्य गर्न वार्षिक वजेट तथा कार्यक्रममा पर्नु पार्न सक्नु पर्ने व्यवस्था रहेछ सो को लागि वैशाख जेठ महिनामा नै पत्राचार गरी स्वीकृत भएपछि मात्र कार्य हुने रहेछ । सोही अनुरुप कार्य गर्दै जादा ०७०।०७१ को वजेट तथा कार्यक्रममा सहरी विकास तथा भवन निर्माण विभाग विशेष भौतिक पूर्वाधार क्षेत्र विकास आयोजनावाट रु. २ लाखको कार्यक्रम स्वीकृत रहेको व्यहोरा ०७० चैत्रतिर ज्ञात हुन आयो । सोही वमोजिम भवनको प्राविधिक निरीक्षण र सल्लाह बमोजिम भवनलाई वचाउन पूर्व उत्तर तर्फको जीर्ण ढलान फाली नयाँ ढलान वनाउने काम गरियो । र वरिपरि कम्पाउण्ड वाल लगाउने कार्य सम्पन्न गरियो ।
मर्मत कार्य २
मर्मत कार्यलाइ निरन्तरता दिने योजना अनुरूप ०७१।०७२ को वजेट तथा कार्यक्रममा सहरी विकास तथा भवन निर्माण विभाग विशेष भौतिक पूर्वाधार क्षेत्र विकास आयोजना वाट रु. ५ लाखको कार्यक्रम स्वीकृत गरियो ।भवन विभागका प्राविधिकको रिीक्षषमा पश्चिम तर्फको जस्ता छाना भत्काएर नयाँ ढलान गर्नु का साथै ढलानको लागि आवश्यक गारो लगाउने कार्य शुरु गरियाो । उक्त कार्य सम्पन्न गर्न पछि सोधभर्ना लिने गरी रु. ३ प्रतिष्ठानलेलाख १५ हजार ४ सय ७३ हजारको निर्माण सामाग्री खरिद ग¥यो । काम गर्दै जाँदा ०७२ सालको भूकम्पले भवन पूर्ण क्षति ग्रस्तहुन पुग्यो । मर्मत कार्य पूरा हुन पाएन, न त काम पूरा नभएको भन्ने बहानामा मन्त्रालयले स्वीकृत रकम नै उपलब्ध गरायो । सरी प्रतिष्ठानले थप व्ययभार खप्न वाध्य हुनु पर्यो ।
नया भवन निर्माणको थालनी
स्रष्टाको सदीच्छा अनुसार परिवारजनवाट प्राप्त भवनलाइ यथारुपमा राखी विकल स्मृति संग्राहालय निर्माण गर्ने प्रतिष्ठानको योजना विनासकारी भूकम्पवाट भवन ध्वस्त भएपछि अन्योलमा पर्न गयो । विकलले प्रयोग गर्नु भएको सरसामान, पुस्तकहरु संरक्षित हुन नसक्ने स्थिति देखा पर्यो । तर प्रयास भने छाडिएन । २०७३ साल भरि प्रतिष्ठान अझ भनौ विशेषतः विकलका जेष्ठ सुपुत्र विजय चालिसे प्रयासरत रहनु भयो । पुरानो भवनकै आकारप्रकारमा नयाँ नक्सा निर्माण गराइयो । आधुनिक भूकम्प निरोधक भवन वनाउ लाग्ने लागतकावारेमा अध्ययन गरियो । सो सवै दस्तावेज तयार गरी सरकारका विभिन्न कार्यालयहरुमा पत्राचार तथा तरताकेता गर्ने कार्यलाई निरन्तरता दिँदै आइयो । प्रयास अनुरुप पर्यटन तथा सस्कृति मन्त्रालयबाट रु.४० लाखको वजेट रकमान्तर भएको जानाकारी हुन आयो । सो पछि राष्ट्रिय योजना आयोगवाट रु. ५ लाख रकमान्तर भएको ज्ञात हुन आयो । प्रतिष्ठानका तर्फवाट यस क्षेत्रका निर्वाचित सांसद रामेश्वर फुयालको पहल र समानुपातिक प्रतिनि श्री अम्विका वस्नेतको सहयोग–समर्थनमा सासद क्षेत्र विकास कोषको रकम प्रतिष्ठानउपलब्ध भयो । संस्कृति मन्त्रालयको ४० लाख रकम मध्ये २५ प्रतिशत अर्थात रु. १० लाख उपभोक्ताले लगानी गर्नु पर्ने नियम अनुसार प्रतिष्ठानले पनि रु. १० लाख लगानी गर्ने निर्णय गर्यो । यसरी माथि उल्लेखित भए अनुसार रु ९० लाख रकमको जर्गेना हुन पुग्यो । प्रतिष्ठानले पनि ९० लाख रकमवाट जे जति हुन सक्छ सोही अनुसार निर्माण गराउने निर्णय लियो ।
सांसद विकास कोष, पर्यटन तथा संस्कृति मन्न्त्रालय, राष्ट्रिय योजना आयोग सवै सरकारी कार्यालय भएकोले सो रकमवाट हुने निर्माण कार्यहरुको जिम्मा तत्कालीन जिल्ला विकास समिति हाल जिल्ला समन्वय कार्यालयको हुने नियम भएकोले सोही अनुरुप निर्माण कार्य जिल्ला समन्वय कार्यालयका प्राविधिकको रेख देख मा टेण्डर प्रकृया वाट सम्पन्न हुने भयो ।
खुल्ला टेण्डर प्रकृयामा ठेकेदार कान्छामान लामा नियुक्त हुनु भयो भने जिल्ला समन्वय समितिका इ. भाइकाजी श्रेष्ठको नेत्रित्वको टिम खडा हुन पुग्यो । टेण्डर प्रकृयावाट निर्माण सम्पन्न हुन पर्ने ०७४ असार मसान्त सम्मको मिति ज्यादै छोटो थियो । तर तत्कालीन स्थानीय विकास अधिकारी गोपाल पराजुली तथा प्राविधिक समूह का साथै ठेकेदारहरूको सहयोग र सक्रियतामा समयमै भवनको २ तल्ला आधा निर्माण सम्पन्न हुन सक्यो । दुई तल्लामा गर्नु पर्ने ल्पाष्टर झ्याल ढोका आदिको कार्य मात्र ठेक्का रकमले सम्पन्न हुन सक्यो । माथिल्लो तल्लामा गर्नु पर्ने कार्य एवं विजुली सम्वन्धित नपुग कार्य गोकर्णेश्वर न.पा. को १ लाख ९१ हजार २ सय ५१ र प्रतिष्ठानको १ लाख ४२ हजार ५ सय ६४ खर्च भइ भित्री सजावट फर्निचर वाहेक सम्पूर्ण भवन ०७४ असार सम्ममा खडा हुन पुग्यो । यसरी स्रष्टाको सदिच्छा र प्रतिष्ठानको विकल संग्राहालय निर्माण गर्ने योजना सफल हुन पुग्यो ।
भवन येनकेन प्रकारवाट तयार भयो । विकल स्मृति संग्रहालयको लागि गर्नु पर्ने कार्यहरु त अझै वाँकी नै थियो । सो का लागि प्रयास रत रहँदा पर्यटन तथा सास्कृति मन्त्रालयवाट ०७५ असारसम्ममा पूँजिगत खर्च गर्न पाउने गरी रु ३० लाख रकमान्तर भई आयो । सोहि अनुसार आन्तरिक सजावटका लागि आवश्यक डिजाइन एवं विकल संग्राहालयका लागि आन्तरिक सजावट तथा पुस्तकालय स्थापनाका सजावाटका कार्यहरु र प्रतिष्ठानका लागि आवश्यक फर्निचरहरुको व्यवस्था भयो । उक्त कार्य कल्पसर्ट प्रा.लि.द्वारा वोलपत्रको मायमबाट सम्पन्न गरियो । प्रतिष्ठानको कम्पाउण्डवालमा ग्रील लगाउने ल्पाष्टर कार्य पानी अन्डर व्राउण्ड पानी ट्याङ्कीको निर्माण गर्ने काम गोकर्णेश्वर नगरपालीकाबाट प्राप्त रु. ५ लाख ५२ हजार र प्रतिष्ठानको ८३ रकममा समपन्न भयो ।
भवन निर्माणका क्रममा उपभोक्ताका तर्फवाट गर्नु पर्ने नियन्त्रण निर्देशन सामाग्रीको पुगनपुग गुणस्तर आदिको वारेमा विजय चालिसेले निर्वाह गर्नु भयो । निर्माण अवधिमा पानी विजुली सानातिना सामग्रीका खर्चहरु विजय चालिसेवाट प्रशस्त भएकाछन् सो लेखाजोखा राख्न सकिएको छैन ।
सरकारी कार्यालयका संवन्धित अधिकारीसंग आवश्यक छलफल एवं सम्झौता आदिका लागि धाउने कार्यमा जेष्ठ सदस्य श्री रामप्रसाद पौडेलले प्रतिष्ठानलाई अतुलनीय सहयोग गर्नु भएको छ ।
साथै प्रतिष्ठानको तर्फवाट गर्नु पर्ने पत्राचार, एवं यस कार्यका लागि आवश्यक कागजातहरु तयार सरकारी कार्यालयहरु पेश गर्ने आवश्यक तरताकेता एवं विल भरपाइ आदिको तयारी यस प्रतिवेदकवाट भयो ।
भवन मर्मत एवं निर्माण कार्यमा निम्न अनुसार सहयोग प्राप्त भएको छ ।
मर्मत संभार तर्फ
मिति विवरण रकम
हस्तान्तरण भएको मूल्य ११,८६,२२५।
०७१।३।३० सहरी विकास तथा भवन निर्माण विमाग वाट १,८५,२६४।
०७१।३।३० जोरपाटी गा.वि.स वाट १,९८,००१।
०७१।१२।३० सहरी विकास तथा भवन र्मिाण विभागको
योजना भए पनि भुक्तानी हुन नसकेको
प्रतिष्ठानको आफ्नै खर्च ३,१५,४७३।—
जम्मा १८,८४,९६३।—
०७२।३।३१ ०७२ कोभूकम्पवाट क्षति भएकोले भवन भत्काइएको (१७,५८,९६३। )
कम्पाउण्ड वालमात्र वाकी भएको १,२६,०००।—
नवनिर्माण तर्फ
मिति विवरण रकम
०७२।३।३१को मूल्य १,२६,०००।—
०७५।३।३१ पर्यटन तथा संस्कृति मन्त्रालय ५३,५०,८८६।—
,, सासंद विकास कोष ४०,००,०००।—
,, प्रतिष्ठानको तर्फबाट १२,२५,५६४।—
,, गोकर्णेश्वर न.पा. बाट ७,४३,२५१।—
,, राष्ट्रिय योजना आयोग वाट ५,००,०००।—
जम्मा १,१९,४५,७०१।–
चालु आ.व.मा गोकर्णेश्वर नगरपालिकाको रु. १० लाखको वजेटमा भवन रंग रोगन, मेनगेट निर्माण लगायतका काम सम्पन्न हुँदै छ ।
भवन निर्माण कार्यमा प्रत्यक्ष परोक्षरुपमा सहयोग गर्नु हुने सवै प्रति प्रतिष्ठान आभार प्रकट गर्दै सहयोगका लागि सधै हातहरु अगाडि वढि रहोस भन्ने कामना गर्दछ ।