अभाव भो
डिल्लीप्रसाद मूलतिहुन
अभाव भो अभाव भो अभाव भो सधैंभरि
अपूर्ण भों तिमी बिना सकेन जाग्न मञ्जरी
अझै छ लोक शोकमा कता गयौं कता तिमी
अचेल खोज्दछन् सबै विशाल वृक्ष खै भनी ।।१।।
कतै खुलेन मार्ग खै सुमार्ग आज बन्दछन्
कता मिलेन के कुरा नदी समेत भन्दछन्
कबोल गर्छ कालले चुँडेर लान जीवन
कडा प्रहार गर्छ त्यो बिना बिराम दुस्मन ।।२।